बसपार्कमा रहेको तरकारी बजार चौकीटोलमा सर्यो, बुधवारबाट सञ्चालनमा आउने
हेटौंडा / हेटौंडा उपमहानगरपलिका वडा नं १ चौकीटोलस्थित महादेव टोलमा नवनिर्मित फलफूल तथा तरकारी बजार बुधवारबाट सञ्चालनमा आउने भएको छ । आइतवार हेटौंडा उपमहानगरपलिकाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले बजारको उद्घाटन गरेसँगै हेटौंडामा नयाँ तरकारी बजार सञ्चालनमा आउने भएको हो
२ विगा क्षेत्रफलमा निर्माण गरिएको बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा पसलका लागि १ सय ६ वटा स्टलहरू बनाइएका छन् । फलफूल तथा तरकारी व्यवसायी संघ र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा बजार निर्माण गरिएको हो । कुल ३ करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको बजारका लागि हेटौँडा उपमहानगरले जस्तापाता खरिद शीर्षकमा ३६ लाख रुपैयाँ सहयोग गरेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले यसअघि हेटौंडा १० स्थित बसपार्कमा सञ्चालनमा रहेको बजारभन्दा यहाँ कम व्यापार हुने चिन्ता व्यवसायीमा रहे पनि चिन्ता नलिन आग्रह गरिन् । उनले भन्नि, ‘हेटौंडा उपमहानगरको यो लामो समयदेखिको योजना हो । राप्ती नदीछेउमा रहेकोले बर्खाको समयमा समस्या हुन सक्छ । हेटौंडाउपमहानगर तपाईंहरूको साथमा छ ।’