नेपाली सेनाको टोलीको सहयोगमा ३८ केजी गाँजा बरामद

पालिका डायरी
२३ मंसिर २०७९, १३:१७
गाँजा बरामत file photo

हेटौंडा / राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको मनहरी प्रतापपुर पोष्टबाट खटिएको नेपाली सेनाको टोलीको सहयोगमा लागूऔषध गाँजा बरामद गरेको छ ।

उपसेनानी अनिल जिसिको कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा निकुञ्ज एरियामा प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिडीरहेको अवस्थामा ३८ केजी गाँजा बरामद गरेको हो ।

मानिसहरु हिडिरहेको अबस्थामा शंका लागि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागेकोले त्यस पश्चात प्रहरी खटि गई गाँजा बरामद गरेको छ । गाँजा सहित पक्राउ परेकाहरुको अनुसंधान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया
gaja-gaja