समाजसेवी खड्काद्वारा विद्यालय पोसाक तथा नगद वितरण

पालिका डायरी
२२ मंसिर २०७९

हेटौंडा / भीमफेदी ८ मा रहेको श्री पन्चकन्या माध्यमिक विद्यालयको ६१ औं अभिभावक भेला तथा नबनिर्मित विद्यालय भवन उद्घाटन बुधबार सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बिनोद अधिकारी सभा अध्यक्षता तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको अवसर पारेर विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्काले विद्यालयमा अध्यनरत अति बिपन्न तथा जेहेन्दार १० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा कक्षा १ देखि १० सम्मका प्रथम द्दितिय र तृतीय विद्यार्थीलाई नगद बितरण गरे ।

उनले यसै कार्यक्रम मार्फत आफ्नो सान्दर्भिक मन्तव्य प्रस्तुत गर्दै आफै विद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष हुदा पनि विद्यालय भित्रका केहि कुरा प्रष्ट थाहा नपाएकोमा दुखेसो पोखे । खड्काले अब पनि विद्यालय शैक्षिक सुधार र आर्थिक परदर्शिता सबै अभिभाबक समक्ष जस्ताको त्यस्तै प्रस्तुत नगरे अन्य कानुनी प्रक्रियामा जाने भन्दै आफुलाइ सबै अभिभावकले साथ र सहयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा अध्यनरत विद्यार्थीले आफुले सकेको सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे कार्यक्रममा स्थानीय अभिभावक संघ सस्थाको प्रतिनिधि शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
received_611336964082313