पन्चकन्या माविको नबनिर्मित भवन उद्घाटन : गुणस्तरीय शिक्षा प्रदान गर्न अध्यक्ष लामाको आग्रह

पालिका डायरी
२१ मंसिर २०७९, २२:११

राम कुमार दनी

हेटौंडा / श्री पन्चकन्या माध्यमिक विद्यालयको ६१ औं अभिभावक भेला तथा नबनिर्मित विद्यालय भवनको उद्घाटन तथा अभिषेक कठायत अक्षेयकोस छात्रवृत्ति बितरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बिनोद अधिकारिको सभा अध्यक्षता तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमा नेपाली काग्रेस मकवानपुर जिल्ला कमिटिको उपसभापति आनन्द कठायत वडा प्रतिनिधि नबराज अधिकारी भीमफेदी गाउँपालिकाको सिक्षा साखा प्रमुख प्रदिप पराजुली सिक्षेक अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्का विद्यालय प्रधानाध्यापक सुरेस कुमार ठकुरी स्थानीय मिठाराम खडका साबिक इपापन्चकन्याको प्राबी विद्यालय प्रधानाध्यापकहरुको आतिथ्यतता रहेको थियो ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक सुरेश कुमार ठकुरीले थुप्रै संघर्स बाबजुत आज हामीले नयाँ सुबिधा सम्पन भवन प्राप्त गरेका बताए । उनले भने, यो विद्यालय भवन निर्माण र सम्पन्न गर्न गाउँ पालिका अध्यक्ष हिदम लामाको ठूलो साथ र सहयोग भएकोले अब बाकी रहेको निर्माण कार्य र शैक्षिक सुधारको लागि गाउँपलिका ठूलो साथ र सहयोगको आवश्यकता रहेको बताए ।


यस्तै कार्यक्रमा विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा १ देखि १० सम्मको प्रथम द्दितिय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार तथा अभिषेक कठाएत अक्षयकोष छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा आफ्नो सान्दर्भिक मन्तव्य राख्दै भीमफेदी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले विद्यालय शैक्षिक सुधारको लागि चाल्नु भएको कदमको प्रसंशा गरे । उनले आफुले अन्य दिनमा अनुगमन गर्दा पनि विद्यालयको शैक्षिक सुधारमा राम्रै प्रगती देखिएको जानकारी गराए ।

यस्तै अभिसेक कठाएत अक्षयकोस छात्रवृत्तिका सस्थापक आनन्द कठायतले विद्यालय शैक्षिक सुधारको लागि आफुले थोरै भए पनि अभिषेक कठाएत छात्रवृत्ति सुरुवात गरेको जानकारी गराए । उनले यो पिङ्ग हाल्ने डाडामा बनेको नवनिर्मित विद्यालय भवनले साच्चै अब इपाको विद्यार्थी शैक्षिक सुधारको बाटो खुलेको धारणा व्यक्त गरे । कठाएतले यो भवन निर्माण हुनुमा गाउँपालिकाका टिमलाई धन्यवाद दिदै बाकी निर्माणकार्यको लागि पूरा गरिदिन गाउँपालिका अध्यक्ष हिदम लामालाइ अनुरोध गर्दै राम्रो सुबिधा सम्म्पन्न छात्रबास निर्माणको लागि पहल कदमी अगाडि बढाउन शिक्षा शाखा प्रमुखलाई आग्रह पनि गरे । कार्यक्रमको प्रमुख अतिथी तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष लामाले स्वर्गीय अभिषेक कठायतलाई हार्दिक श्रदा सुमन व्यक्त गर्दै गुणस्तरीय सिक्षा आजको आवश्यकता भएकोले आफू गाउँपालिकाको अध्यक्ष भए देखी गाउँपालिकाको शैक्षिक सुधारमा लागेको बताए ।

विद्यालय शिक्षा गुणस्तरीय हुनको लागि शिक्षक अभिभावक र विद्यार्थी बीचको सम्बन्ध पारस्परिक हुन पर्ने भएकोले तीनै तह मिलेर विद्यालय शैक्षिक सुधार गर्न आग्रह गरे । उनले गाउँपालिकाको तर्फबाट यस आर्थिक बर्षमा गाउँपालिकाबाट यस विद्यालयको लागि एक जना कम्प्युटर शिक्षकको व्यवस्था गरिने जानकारी गराए । विद्यार्थी सुद्द पिउने पानीको लागि गाउँपालिकाले आवश्यक बजेटको ब्यबस्था गरि तुरुन्तै सुद्द खानेपानीको व्यवस्था गरिने पनि अध्यक्ष लामाले भने उनले पारी पारी बाट विद्यार्थी यस विद्यालय अध्यन गर्न आउने वाताबरण तयार गर्न विद्यालय शिक्षण सिकाइमा तीव्र परिवर्तन ल्याइ गुणस्तरीय शिक्षाको व्यवस्था गर्न पनि शिक्षकहरुलाई आग्रह गरे । उनले उपस्थित अभिभावकलाई पनि आफ्नो बालबालिकालाइ नियमित स्कुल पठाउन अनुरोध गर्दै उनले भीमफेदीको यो इपा निकट भबिस्यमा एउटा भविष्य बोकेको ठाउँ भएकोले अहिले नै सबै जग्गा नबेच्न समेत आग्रह गरे ।

काठमाडौ र हेटौंडा बाट खासै टाढा नरहेको र फास्ट ट्रयाक पनि यहि नजिकै भएकोले यस ठाउँको भबिस्य राम्रो भएकोले इपा गाउँ भनेर अहिलेनै नआत्तिहाल्न आग्रह पनि गरे । लामाले विद्यालय सबै शिक्षक कर्मचारीलाई नमुना बनेर पन्चकन्या मावी लाई अगाडि बढाउन अनुरोध गर्दै विद्यालय आवश्यक परेको बेला गाउँपालिकालाइ सम्झन आग्रह गरे । लामाले समाजको बिकृति र बिसङ्गतिलाई सिक्षालेनै सफा गरि सभ्य समाजको निर्माण गर्ने भएकोले सबै बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई आनुरोध गरे ।


कार्यक्रमलाइ समापन गर्दै विद्यालय भवन उद्घाटन कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बिनोद अधिकारिले यस विद्यालय शैक्षिक उन्नति र गुणस्तरीय शिक्षाको लागि आइपर्ने सबै खाले काम गर्दै आएको र गरि पनि रहने धारणा व्यक्त गरे । उनले अभिभावकको प्रष्ट साथ र सहयोग नभएकोले पनि आफुले सोचेको जति काम गर्न नसकेको प्रष्ट पारे । अधिकारीले आगामी दिनमा सबैको साथ र सहयोगमा यश विद्यालयलाई अगाडि बढाउने प्रतिबद्दता व्यक्त गरे ।

यस पन्चकन्या माध्यमिकको नब निर्मित भवन डि यल पि आइ यु जायिका नामक संस्थाबाट ४ करोड ४५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरि २०७७ फागुन १७ गते अध्यक्ष लामाले शिल्यान्यास गारेका हुन् । उक्त भवन करिब २१ महिनामा निर्माण सम्पन्न भएर आज बिधिवत रुपमा उद्घाटन गरिएको हो । कार्यक्रम विद्यालय साहायक प्रअ अमृत प्रसाद भट्टराईले सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया
received_683118396665947