थाहानगरमा थाहा कृषि सहकारी संस्था लि. संचालनमा आउँदै

पालिका डायरी
२१ मंसिर २०७९
थाहानगरमा

हेटाै‌‌‍‍‍‍‍‌डा / मकवानपुरकाे थाहा नगरपालिकामा कृषि सहकारी थपिने भएको भएको छ । थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा कार्यालय रहने गरी थाहा कृषि सहकारी संस्था लि. संचालनमा आउन लागेको हो ।

थाहानगर भरी कार्यक्षेत्र रहने गरी नगरपालिकामा दर्ता भएको थाहा कृषि सहकारीले कृषि सम्बन्धी कार्य, कृषकसंग बचत तथा ऋणको कारोबार, सीप विकास र रेमिट समेतको काार्य गर्ने तदर्श समिति अध्यक्ष जितेन्द्र मगरले जानकारी दिए । ३१ सदस्यसहित स्थापना भएको सहकारीको कुल शेयरपुँजी ९ लाख ३० हजार रहेको छ ।

संस्थाले तत्काल कारोबार संचालन गर्ने सहकारीका केशव सुनारले जानकारी दिए ।

प्रतिक्रिया