प्रथम भीमफेदी–हेटौँडा–सामरी महोत्सव मंसिर २९ गतेबाट हुने

पालिका डायरी
२० मंसिर २०७९
प्रथम भीमफेदी–हेटौँडा–सामरी महोत्सव मंसिर २९ गतेबाट हुने

हेटौँडा / मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिलो पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव हुने भएको छ । ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी–१ को खोप्लाङमा महोत्सवको आयोजना हुने भएको हो ।

न्युज क्लब नेपाल हेटौँडामा आज पत्रकार सम्मेलनको आयोजना गरि प्रालिका अध्यक्ष अजित राईले हेटौँडा बजार क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने योजना अनुसार आफुहरुले महोत्सवको तयारी गरेको बताए । भीमफेदी–हेटौँडाकोका पर्यटक प्रर्वद्धन, कला साहित्यको प्रचार सहित ब्यपार ब्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए ।

करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् । मेलामा सहभागीले १ सय रुपैँयाको टिकट काटनुपर्नेछ । मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगाएका स्टलहरु रहने आयोजकले बताए । पत्रकार सम्मेलनमा बोल्दै भीमफेदी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष सोमबहादुर स्याङतानले महोत्सवले भीमफेदीको समग्र क्षेत्रमा सहयोग हुने बताए ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका पुर्व अध्यक्ष सानु लामा, युवा समाजसेवी सुनिल लोप्चन लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया