देशभर कमल थापाको पार्टीले पायो जम्मा १२ हजार मत

पालिका डायरी
१८ मंसिर २०७९

कमल थापा नेतृत्वको राप्रपा नेपाल कमजोर अवस्थामा देखिएको छ ।

राप्रपाबाट बाहिरिएर नयाँ पार्टी बनाएका कमल थापा आम निर्वाचनमा कमजोर रुपमा देखिएका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न नसकेको सो पार्टीको समानुपातिकतर्फ पनि १२ हजार मतमात्रै आएको हो ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्मको मतगणनामा कमल थापाको तीर चुनाव चिह्नले १२ हजार २७० मत पाएको हो ।
थापाले मकवानपुरबाट एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपनि हारेका थिए । आफ्नो चुनावी अभियानमा मात्रै थापा केन्द्रित हुँदा पार्टीको प्रचारमा भने सहभागी थिएनन् ।

प्रतिक्रिया