मकवानपुर क्षेत्र १ का सांसद दीपक सिंहद्वारा हेटौंडा हस्पिटलको अनुगमन

पालिका डायरी
१२ मंसिर २०७९

हेटौंडा / नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गर्नुभएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी उमेद्वारहरुको लागी निर्वाचन कार्यलयले राखेको प्रमाणपत्र बितरण कार्यक्रम सकिए लगत्तै मकवानपुर निर्वाचन क्षेत्र न १ बाट विजयी दिपक बहादुर सिंह हेटौँडा अस्पताल पुग्नुभएको थियो ।

हेटौँडा अस्पताल अनुगमन गर्दै सिंहले अस्पतालको बिकास नै आफ्नो पहिलो प्रथामिकता रहेको बताउनुभयो ।
बागमती प्रदेशको राजधानीमा रहेको अस्पताल अझै पनि स्तरउन्नती नभएको देख्दा र उपचारका लागी जनताले दुख पाएको देख्दा आफुलाइ निकै दुख लागेको सिंहले बताउनुभयो।

“अस्पतालको स्तरउन्नतिको लागि आफ्नो कार्यकालभरी म निरन्तर लाग्ने बाचा गर्दछु” सिंहले भन्नुभयो । अस्पतालका लागि आवश्यक बजेट सरकारसङ्ग माग गर्ने पनि उहाँले बताउनुभएको छ।

प्रतिक्रिया