मकवानपुर १ मा गठबन्धनलाई हराउँदै दीपक सिंह विजयी

पालिका डायरी
८ मंसिर २०७९, १३:२३
प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २३ सय ९३ मतले हराउँदै सिंह विजयी भएका हुन् । सिंह २७ हजार ८ सय १६ मतले विजयी भएका हुन् । उनका प्रतद्धन्दी २५ हजार ४ सय ३४ मत ल्याएर दोस्रो भएकी हुन् ।

सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भएका छन् । यस क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

प्रतिक्रिया
dipak_प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?