मकवानपुर १ मा राप्रपाका उम्मेदवार दीपक सिंहको अग्रता
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह अग्र स्थानमा आएका छन् ।
यस क्षेत्रमा झरेको ९१ हजार ४ सय ८६ मत खसेको थियो । जसमध्ये हालसम्मे ७९ हजार ७ सय ५५ मतगणना हुँदा सिंहले २३ हजार ३ सय ५८ मत ल्याउँदै अग्रता जमाएका हुन् । उनलाई पछ्याउँदै सुरुवाती मतगणना देखि नै अग्रतामा रहेकी महालक्ष्मी उपाध्याय डीना दोस्रो स्थानमा पुगेकी छिन् ।
उनले २३ हजार ३ सय ४० मत प्राप्त गरेकी छिन् भने तेस्रोमा रहेका नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् । अब हेटौंडाको ९, १० र १२ गरी ३ वटा वडाको ११ हजार ७ सय ३१ मतगणना गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया