प्रदेश सभा सांसदमा इन्द्रबहादुर बानियाँ विजयी
मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
जम्मा ४० हजार ५ सय ९९ मत खसेकोमा बानियाँले १८ हजार ७ सय १६ मत ल्याउँदै प्रदेश सभा सांसदमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दी नेकपा एमालेका लालबहादुर थापामगर सँग १७ सय ८२ मतान्तरले उनी विजयी भएका हुन् ।
थापामगरले १६ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।
प्रतिक्रिया