इन्द्रसरोवरमा सुमो दुर्घटना, एकजनाको मृत्यु

पालिका डायरी
७ मंसिर २०७९

हेटौंडा / इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । इन्द्रसरोवर गाउँपालिकाको सल्लेमा सुमो दुर्घटना भएको हो । बिरगंजबाट काठमाडौं जादै  गरेको ९ जना सवार सुमो भिरबाट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । अहिले प्रहरी उद्धारका लागि घटनास्थल खटिएको छ ।

प्रतिक्रिया
received_476868664536870