मकवानपुर प्रदेश सभा क्षेत्र १ को (ख) मा राप्रपाको अग्रता

पालिका डायरी
६ मंसिर २०७९

हेटौंडा / मकवानपुर प्रदेश सभा क्षेत्र १ को (ख) मा राप्रपाले अग्रता लिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडाहरुमा रहेको मतकेन्द्रको मतगणना गर्दा राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले फराकिलो मतान्तर निकालेका छन् । हालसम्म जम्मा मतगणना भएको १६ हजार १ सय २१ मा न्यौपानेले ५ हजार ३५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले ४ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रोमा रहेका नेपाली कांग्रेसका आनन्दराम पराजुलीले ४ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।

प्रतिक्रिया