मकवानपुरमा ३० प्रतिशत मत खस्यो

पालिका डायरी
४ मंसिर २०७९
हेटौंडा / मकवानपुरमा जारी मतदानमा हालसम्ममा ३० प्रतिशत मत खसेको छ ।
जिल्लाका सबै स्थानीय तहमा गरी ३० प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । बिहानको तुलनामा अहिले मतदानस्थलमा मतदाताहरुको संख्यामा बृद्धि भएको छ ।
मकवानपुरमा कुल मतदाताको संख्या ३ लाख ७ सय ३३ रहेको छ ।
प्रतिक्रिया
IMG_7876