थाहा नगरमा महेश बर्तौलाको उद्घोष–‘रुपचन्द्र विष्टको बाटोमा अब म हिड्छु’

पालिका डायरी
१ मंसिर २०७९

हेटौंडा /  मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट उम्मेदवार महेश कुमार बर्तौलाले रुपचन्द्र विष्ठको शालिक नकिैबाट बोल्दै बिरोध खतिवडालाई राजनीतिमा ल्याएको तर रुपचन्द्रकै राजनीति सकाउनका लागि खतिवडा लागिपरेको वताउनु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोट बजारमा एमालेले गरेको आमसभालाई संबोधन गर्दै उहाँले रुपचन्द्र विष्टले गरेका अधुरा सपनालाई अब आफुले पुरा गर्ने र त्यही बाटोमा हिड्ने वताउनुभयो । रुपचन्द्रको संझना गर्दै उहाँ भाबुक पनि हुनुभयो ।

खतिवडाले त्यतीबेला चुनाव जितेपछी रुपचन्द्रको राजनीति सकाउन पनि लागिपरेको आरोप लगाउनुभयो । रुपचन्द्रको चेला भन्नेहरु र विष्टको नजिकमा हिडेकाहरु खतिवडालाईनै अहिले काँधमा बोकेर हिडेकोमा बर्तौलाले आपत्ति जनाउनुभयो । थाहा आन्दोलनका योद्धाको शिक्षाबाटनै आफु अगाडी बढ्ने उहाँले वताउनुभयो । थाहा नगरपालिका, भीमफेदी लगायतका क्षेत्रलाई पर्यटक करिडोर निर्माण गर्ने प्रतिवद्धता बर्तौलाले वताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्र थाहा क्षेत्रलाई तरकारी र पर्यटकिय केन्द्रका रुपमा अगाडी बढाउने वताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले एमालेका युवा नेता र बौधिक नेतालाई उम्मेदवार ल्याएकाले चुनाव जिताउने वताएका छन् । कार्यक्रममा गायीका चन्दा अर्यालले गित प्रस्तुत गर्दा सबै नाचगानमा रमाएका थिए ।

प्रतिक्रिया
received_657537352420547