युवाहरुले अवसर पाउँदा काम गर्न सक्छ भन्ने कुरा काम गरेर प्रमाणित गर्नेछु : महेश बतौला

पालिका डायरी
३० कार्तिक २०७९
युवाहरुले अवसर पाउँदा काम गर्न सक्छ भन्ने कुरा काम गरेर प्रमाणित गर्नेछु ः महेश बतौला

हेटौंडा / प्रतिनिधिसभा क्षेत्र नं २ का एमाले उम्मेदवार महेश बतौलाले आफुँ पहिलोपटक युवाहरुको प्रतिनिधित्व गर्दे निर्वाचनमा होमिएकोले युवाहरुले अवसर पाउँदा काम गर्न सक्छन भन्ने प्रमाणित गरेर देखाउने बताएका छन ।

बुधवार नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले वडा नं ९ स्थित ज्यामिरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे युवा नेता बतौलाले मकवानपुरमा लामो समयपछि पहिलो पटक युवाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको बताउदै उक्त अवसरलाई देखिने र जनताले महसुस गर्ने गरि काम गर्ने बताएका हुन ।


यस्तै उनले एउटै नेता लामो समयदेखि मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुदै आएता पनि जनताको समस्या जहाँको त्यही रहेको भन्दै आफुँ निर्वाचत भए पश्चात जनताको समस्यालाई समधान गर्न लागी पर्ने बताए । उनले भने “मनहरी गाउँपालिकाका जनताले लामो समयदेखि मध्यवर्ती क्षेत्रको त्रुटीपुर्ण कानुनका कारण यहाँ रहेका जनताले समस्या भोगिरहेछन”।

त्यस्तै यहाँ रहेका ३÷४ सय जना ट्रयाक्टर व्यवसायीहरुले पनि उस्तै पिडा भोग्नु परेको छ । निकुन्जको वाडेन लागाएत अन्य व्यक्तिदेखि भाग्नु पर्ने स्थित छ ,आफु्नो व्यवसाय राम्रोसंग गर्न पाएका छैन्न । उनीहरुको मात्र कुरा होईन त्यही ट्रयाक्टरमा भर्ने बालुवा चाल्ने, गिट्टी भर्ने लगाएत समान्य परिवारको जनताले पनि राम्रोसंग गरिखान पाएका छैन्न । यस्ता आफनो क्षेत्रमा लामो समयदेखि रहेको समस्याको अत्यगदै दिर्घकालिन रुपमा उक्त समस्याको समाधानको लागी नितिगत सुधार आवश्यक रहेकोले आफुँ विजयी भएपछि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा एमाले नेता कार्यकर्ता लगाएत जनताको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया