मकवानपुरमा पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द हुने

पालिका डायरी
२९ कार्तिक २०७९, १३:४२
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौंडा / ४ मंसिरमा हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै १ मंसिर देखि ५ मंसिरसम्म पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको हो । कार्यालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु प्रवाह नहुने जनाएको छ ।

निर्वाचनमा कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटिने भएकोले ५ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख छ

प्रतिक्रिया