पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा

पालिका डायरी
२५ कार्तिक २०७९, १५:१९
पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा

हेटौंडा / नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन् नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुको हकहितको लागि महासंघ लागिपरेको वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सिजृना अर्याल, पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल,सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मासमाजवादी प्रेस संगठनका उपमहासचिब रामकुमार एलन, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस नेपाल अध्यक्ष मनोज ढोडरी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी,वानका उपाध्याय उज्ज्वल चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ ।

पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार २०७८ बाट महासंघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका राममणी दाहाल र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष तथा राससकी अञ्जली थापालाई पुरस्कृत गरिएको हो।

प्रतिक्रिया
पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा