विरोध खतिवडालाई झापड हान्ने खड्का रिहा

हेटौंडा / सत्ता गठबन्धनको नेकपा एसबाट मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम खड्का रिहा भएका छन् ।
मंगलबार मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा पुगेका नेता खतिवडालाई खड्काले झापड हानेका थिए । बुधबार खतिवडाले खड्कालाई कुनै कारबाही नगरि रिहा गर्न प्रहरीलाई आग्रह गरेसँगै खड्का रिहा भएको बुझिएको छ ।
खड्कालाई आफन्तको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया