मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

पालिका डायरी
२१ कार्तिक २०७९
accident

हेटौंडा / मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत आज बिहान मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

हेटौंडाबाट चितवन तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चाललको मृत्यु भएको हो।

मृत्यु हुनेमा मनहरी–६ नयाँबस्तीका ३० बर्षीय अविनाश गोले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताउनुभयो । गोलेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाइएको छ। बस प्रहरी चौकी सुनाचुरीको नियन्त्रणमा रहेको र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको जनाइएको छ।

प्रतिक्रिया
accident