मनहरीको रजैया बस्ती बचाउदै बाइपास सडक निर्माणमा जोड दिन्छु–महेश बर्तौला

पालिका डायरी
१८ कार्तिक २०७९
मनहरीको रजैया बस्ती बचाउदै बाइपास सडक निर्माणमा जोड दिन्छु–महेश बर्तौला

हेटौंडा / नेकपा एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाले मनहरीको रजैया बस्ती बचाउदै बाइपास सडक निर्माणमा जोड दिने वताउनुभयो । मनहरीकोरजैयामा आयोजित कोणसभा तथा भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौलाले रजैया बस्तिलाई राप्तिखोलाबाट बचाउदै रजैया देखि आश्रम क्षेत्र सम्म बाइपास सडक निर्नाणमा आफुले काम गर्ने बताउनु भयो ।

उहाँले उक्त कार्यक्रमम सकेर रजैया आसपास र ज्यामिरेको केही क्षेत्रमा भेटघाट समेत गर्नु भएको थियो । भेटघाटका क्रममा बर्तौलालाइ एमएससी बोटानिकल अध्ययनरत छात्रा आश्मा बानियाले नेपाली बिद्यार्थीलाई रिसर्चमा काम गर्ने वातावरण नभएको बताइन र युवा बिद्यार्थी नेता भएकोले उम्मेदवार बर्तौलाले निर्वाचन जितेर एकेडेमीक क्षेत्र र रिसर्चमा पनि काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले जनता सचेत भैसकेको र कुहिएको बोराको चामल, दुई पाकेट चाउचाउ र एक बोतल बियरमा जनताले आफ्नो अभिमत बिक्री नगर्ने बताउनु भयो । कार्यक्रममा बोल्नुहुंदै उम्मेदवार थापाले बिपक्षी गठबन्धन आफुसंग डराएर गठबन्धन गरेको र गठबन्धन भएर पनि हतासको बिक्षिप्त मानोभाव बोकेर प्रतिस्पर्धामा आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले मकवानपुरको नेता श्रीधर पोखरेलले एमालेको उम्मेदवार ३२ लक्षणले युक्त रहेको बताउनुभयो । पोखरेलले गठबन्धनका उम्मेदवारलाई इंगित गर्दै भोटे कुकुर पालेर गेटमा ठुला ताल्चा झुंड्याउने काजी साप जसरी बोरामा लुटेको धन बोकेर गाउँ पसेको आरोप लगाउनुभयो । गठवन्धनका उम्मेदवार लाजको अर्को बिषय नहुने बताउनु भयो । मंसिर ४ गते जनताले सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताएर न्याय गर्ने र एमालेको सरकार निर्माण भइ पाँच बर्ष जनमुखी काम गरिने बताउनु भयो ।

प्रतिक्रिया
mahesh kumar bartaulaa