बिरोध खतिवडालाई वडा अध्यक्ष जितेर देखाउन ढकालको चुनौती

पालिका डायरी
१७ कार्तिक २०७९, २१:०२

राम कुमार दानी

हेटौंडा / नेकपा एमालेको क्षेत्र नम्बर २ प्रदेश क का उम्मेदवार बिष्णु प्रसाद ढकालले पाँच दलिय गठबन्धन सङ्ग स्पष्ट भिजन केहि नभएकोले नेकपा एमालेले सजिलै चुनाव जित्ने बताए ।

बुधबार हेटौंडा १ को अगुवा नेता तथा कार्यकर्ता सङ्गको भेटमा सो कुरा बताएका हुन् । ढकालले बिरोध खतिवडा प्रती इङ्गित गर्दै अहिले एमालेको माहोल देखेर हाम्रो प्रतिस्पर्धामा आएको बुढा अनुहारहरु केहि एजेण्डा नपाएर एमाले प्रति एकदमै गिरेर बोल्दै हिडेको आरोप लगाए ।

उनले आफ्नो प्रतिस्पर्धी महेश बर्तौलालाइ वडा अध्यक्ष उठे सघाउँछु भन्दै हिडेको प्रती आक्रोशित हुँदै बिरोध खतिवडालाई काङ्ग्रेस र माओवादी को ढाडमा नचडी क्षेत्रभरको कुनै पनि वडाबाट वडा अध्यक्ष जितेर देखाउन चुनौती दिए । ढकालले चार /चार पटक जनतालाई ढाटेर संसद बनेको भन्दै अब आराम गरेर बस्ने बेला भएको बताए । आफ्नै घर खरानी बनाएर गधाको घोडा चढेर फेरी जनतालाई झुक्याउन हिडेको आरोप लगाउदै अब जनता सजग हुने दिन आएको स्पष्ट पारे ।

उनले आफ्नो प्रतिस्पर्धी कुमारी मुक्तान एकथान मन्त्रीको लागि जनता माझ भौतारिदै हिडेको प्रती आक्रोश पोख्दै उनले बाहालवाला मन्त्री कुमारी जि फेरि यताको जनताको भोट लिनि बजेट माइती गाउँ पदमपोखरिमा खन्याउनी सपना अब कदापी पूरा हुन नदिनी उद्घोष गरे । उनले जनताको जनमत लिने अनि माखो नमार्ने चुनाव आए पछि दुई हात जोड्दै हिड्नेलाइ अब कदापी भोट नहाल्न आग्रह गरे ।

उनले उपस्थित नेता कार्यकर्तालाइ कुमारी मोक्तान हाम्रो चेली अनि पाहुना भएकोले एक छाक भात र एक रात बास दिएर आफ्नै गाउँतिर पुर्याइदिन भन्दै सबै गाउँ बासिलाई सूर्यमा मतदान गर्न गराउन आग्रह गरे । नेकपा एमाले सङ्ग स्पष्ट भिजन र विकासको खाका भएकोले विकास र परिवर्तनको लागि सबैले सूर्यमा मतदान गरेर हामी एमालेको उम्मेदवारलाई जिताएर पठाए आफुहरुले जनता माझ बोलेको कुरा पाँच बर्ष भित्र सबै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले आफुले चुनाव जिते जनताको भावना माथि ठेस लाग्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ को घ्याङ्सिङ्गटार, नकौली, भैरव डाँडा, लाल झाडी लगाएतका एमालेको अगुवा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया
received_1490141358079113