टुरिष्टलाई होइन रैथानेलाई भोट हालौं ः विष्णु ढकाल

पालिका डायरी
१५ कार्तिक २०७९, २१:०९
राम कुमार दानी हेटौंडा

राम कुमार दानी

हेटौंडा / बिष्णु ढकाल फाखेलको यस वडा भनेको कम्युनिष्ट पार्टीको एउटा गढको रुपमा चिनिने ठाउँ भएकोले र यस ठाउँ र गर्नुपर्ने विकासबारे आफूलाई थाहा भएको कारण सूर्यमा मतदान गर्न प्रदेश सभा क्षेत्र २ (क) को उम्मेदवार विष्णु ढकालले आग्रह गरे ।

मंगलबार मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘हिजो स्व. वीर बहादुर लामाले नेतृत्व गरेको काल खन्डदेखिनै यस ठाउँले बिकासको फड्को मारेको छ । जबजब यस ठाउँमा स्थानीय नेताले चुनाव जित्छन तब मात्र यस ठाउँमा बढी विकास भएको पाएको छांै । त्येसैले अहिले तपाईं हामी माझ यस ठाउँको उमेदवार बनेर बाहिरको टुरिष्ट उम्मेदवार गठबन्धन बाट आएको हुँदा टुरिष्ट उम्मेदवारलाई यस ठाउँको आवश्यकता के हो भन्निनै थाहा हुँदैन ।’

कुमारी मोक्तान एक थान मन्त्रीको लागि मात्र अहिले जनता माझ आएको हो उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, कुमारीको आफ्नै श्रीमान दावा लामा हाम्रो पार्टी नेकपा एमालेको केन्द्रीय नेता भएकोले मोक्तान अबसरको लागि गठबन्धनको उम्मेदवार भएकोले यस ठाउँको विकास रे सम्मृद्धिको लागि सूर्यमा मतदान गरौं । उनले स्व बिरबहादुर लामाले सुरु गरेको अधुरा योजना हामिले पूरा नगरे वीर बहादुर लामाको आत्माले शान्ती नपाउने भन्दै वीर बहादुर लामाले सुरु गरेको तर पूरा हुन बाँकी रहेको सबै योजना पूरा गर्न तत्पर रहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
313811311_860422205124687_8650789005850189021_n