बागमतीका कृषि सचिब शरण पाण्डेद्वारा सरकारी गाडीको दुरुपयोग, मन्त्रालयको गाडी लिएर मुस्ताङ

पालिका डायरी
१५ कार्तिक २०७९
बागमतीका कृषि सचिब शरण पाण्डेद्वारा सरकारी गाडीको दुरुपयोग, मन्त्रालयको गाडी लिएर मुस्ताङ

हेटौंडा / बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले सरकारी गाडीको दुरुपयोग गर्दै मुस्ताङ पुगेका छन् । मन्त्रालयमा आफु चढ्ने गाडी लिएर परिवार सहित पाण्डे मुस्ताङमा घुम्न पुगेका हुन् ।

पाण्डेले आफन्त र केही साथीहरु समेत लिएर सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग गर्दै घुम्न गएका हुन् । मुस्ताङमा स्थानीय पत्रकारले सोध्दा आफु बाग्मती प्रदेशअन्तर्गत कृषि मन्त्रालयको सचिव बताएका थिए ।

बागमतीका कृषि सचिब पाण्डे चढ्ने सेतो नम्बर प्लेटको सरकारी गाडी मुस्ताङमा पत्रकारले फेला पार्नु र पाण्डे मुस्ताङमा घुम्दै गरेको फोटो केही दिन अगाडी सार्वजनिक हुनुले उनै चढेको प्रमाणित हुन्छ ।

सचिब पाण्डे सहित सरकारी गाडीमा मुस्ताङ गएका भेटिनरी अस्पताल तथा पशुसेवा केन्द्र चितवनका अधिकृत दिपेन्द्र घिमिरेले आफुहरु पाँच दिन सम्मको मुस्ताङ भ्रमणपछी अहिले फर्कदै गरेको बताए । आफु र सचिब पाण्डेका परिवार सहित मन्त्रालयकोे गाडीमा गएको र अहिले फर्कदै गरेको उहाँले बताउनुभयो । पाँच जना मुस्ताङ पुगेर अहिले भने फर्किएको र सचिब समेत आफुसंगै रहेको बताए ।

सचिब पाण्डेले अहिले मात्र होइन हरेक सरकारी विदाको समयमा मन्त्रालयको सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग गर्दै आएका छन् । यो बितेको दशै बिदाभर, तिहारको विदाभर पनि मन्त्रालयको गाडी लिएर परिवार, आफन्त, साथीभाइ र आफु घुम्ने गरेको चितवनका स्थानीयहरुले बताएका छन् ।

उनी सरकारी गाडी चढेर परिवारसहित मुस्ताङ घुम्न गएका हुन्। बाग्मती प्रदेश ०१–००२ झ ५७६२ नम्बर भएको उक्त सेतो प्लेट गाडी मुक्तिनाथ दर्शन गरी फर्किदा मुस्ताङका स्थानीय पत्रकारहरुले अनुमगन गर्दा दुरुपयोग भएको पाइएको हो।

स्थानीय पत्रकारहरुले मुस्ताङको पुथाङ एअरपोर्टमा बाग्मती प्रदेशको सरकारी गाडी फेला पारेका थिए । पत्रकारहरुले बाग्मती प्रदेशको गाडी विदाको समयमा किन र कुन कार्यक्रमका लागि लिएर आउनु भएको हो भनी सोधिएको प्रश्नमा उनले आफू सहसचिव भएको मात्र बताएका थिए। ती सहसचिवसहित सो गाडीमा ७ जना मुस्ताङ आएका थिए। जसमध्ये दुई जना महिला एक जना बालक र अरु तीन जना पुरुष थिए। यसै विषयमा बुझ्न खोज्दा सचिब पाण्डेले जनपत्रको फोन उठाएनन् ।

हामीले यस समाचार जनपत्रबाट साभार गरेका हौँ ।

प्रतिक्रिया