mahesh

पालिका डायरी
१२ कार्तिक २०७९

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले जनताको सेवक बनेर काम गर्ने तयारीका साथ चुनावी मैदानमा होमिएको बताउनु भएको छ । थाहा नगरपालिका वडा नम्बर १० मा एमालेको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले आम मतदान र यस क्षेत्रका लागि पाच बर्ष असली सेवक बन्ने र यस क्षेत्रका नागरिकको घर आगनमा रहने बताउनुभयो । अर्का उम्मेदवार प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘आफ्नो घर जलाएर खरानी बनाएर एक थान मन्त्रीको लोभमा फसेर पाटी फुटाएर गएर चुनाव जितेर गएपछी आफ्नो निर्वाचन क्षेत्रमा कति पटक जनताको माझ आउनु भयो र अहिले मलाइ फुचे भन्दै हिड्नु भएको छ भन्दै हिड्नु भएको छ भन्ने सुनेको छु ।’ बीस बर्स एमालेले सांसद बनाएका बिरोध खतिवडाले एमालेलाइ खरानी बनाएर माओवादी र काग्रेसको ढाडमा टेकेर आज एउटा युवकसंग चुनाव लड्दै गरेको बताउनुभयो । २०६२–०६३ को आन्दोलनको नेतृत्व गरेको एउटा जनताको लोकप्रिय मान्छेलाइ केको आधारमा फुचे भनेको भन्दै बिरोध खतिवडालाइ बर्तौलाले प्रश्न गर्नुभयो । कार्यक्रममा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले आफु यश प्रदेश बाट बिर्बाचित भएर गए पछि जनताको मागको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसै क्षेत्रको स्थानिय भएको र यही भुगोलबाट राजनीति यात्रा सुरु गरेकोले यस भेगको जनताको आबस्यक्ताका आधारमा काम गर्ने बताउनुभयो । अघिल्लो निर्वाचनहरुमा आफु पटक पटक चुनाबी कमान्डर भएर नेकपा एमालेलाइ चुनाव जिताएकोले यो अटक यश प्रदेशका जनलाले आफुलाइ निर्वाचन बिजय गराउनेमा ढुक्क रहेको ढकालले बताउनुभयो । सबै नेता कार्यकर्तालाइ निर्वाचनमा होमीन आग्रह गर्नुभयो । आफू यसै भेगको स्थानिय भएकोले कुमारी मुक्तान पाहुना उमेदवार भएकोले पनि आफ्नो जित निस्चित भएकोले उहाँले बताउनुभयो ।

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले जनताको सेवक बनेर काम गर्ने तयारीका साथ चुनावी मैदानमा होमिएको बताउनु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर १० मा एमालेको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले आम मतदान र यस क्षेत्रका लागि पाच बर्ष असली सेवक बन्ने र यस क्षेत्रका नागरिकको घर आगनमा रहने बताउनुभयो । अर्का उम्मेदवार प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘आफ्नो घर जलाएर खरानी बनाएर एक थान मन्त्रीको लोभमा फसेर पाटी फुटाएर गएर चुनाव जितेर गएपछी आफ्नो निर्वाचन क्षेत्रमा कति पटक जनताको माझ आउनु भयो र अहिले मलाइ फुचे भन्दै हिड्नु भएको छ भन्दै हिड्नु भएको छ भन्ने सुनेको छु ।’

बीस बर्स एमालेले सांसद बनाएका बिरोध खतिवडाले एमालेलाइ खरानी बनाएर माओवादी र काग्रेसको ढाडमा टेकेर आज एउटा युवकसंग चुनाव लड्दै गरेको बताउनुभयो । २०६२–०६३ को आन्दोलनको नेतृत्व गरेको एउटा जनताको लोकप्रिय मान्छेलाइ केको आधारमा फुचे भनेको भन्दै बिरोध खतिवडालाइ बर्तौलाले प्रश्न गर्नुभयो ।

कार्यक्रममा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले आफु यश प्रदेश बाट बिर्बाचित भएर गए पछि जनताको मागको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसै क्षेत्रको स्थानिय भएको र यही भुगोलबाट राजनीति यात्रा सुरु गरेकोले यस भेगको जनताको आबस्यक्ताका आधारमा काम गर्ने बताउनुभयो ।

अघिल्लो निर्वाचनहरुमा आफु पटक पटक चुनाबी कमान्डर भएर नेकपा एमालेलाइ चुनाव जिताएकोले यो अटक यश प्रदेशका जनलाले आफुलाइ निर्वाचन बिजय गराउनेमा ढुक्क रहेको ढकालले बताउनुभयो । सबै नेता कार्यकर्तालाइ निर्वाचनमा होमीन आग्रह गर्नुभयो । आफू यसै भेगको स्थानिय भएकोले कुमारी मुक्तान पाहुना उमेदवार भएकोले पनि आफ्नो जित निस्चित भएकोले उहाँले बताउनुभयो ।

प्रतिक्रिया
mahesh