‘‘म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि हुँ’’– महेश बर्तौला

पालिका डायरी
११ कार्तिक २०७९

हेटौंडा /नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले आफु उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्दा पनि भएको बताउनु भएको छ । मकपानपुरको भीमफेदी गाउँपालिकाको सुपिङमा आज एमालेले गरेको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गणतन्त्र ल्याउनका लागि सडकमा निस्कदाँ प्रहरीको लाठि समेत खाएको स्मरण गराउनुभयो ।

 

यस अघिका जनप्रतिनिधिले नेतृत्व खेलेका राम्रा योजनालाई पनि उनले निरन्तरता दिने बताउनु भयो । आफ्नो एजेन्डा राख्दै उहाँले भन्नुभयो–‘म बिद्यार्थी आन्दोलनबाट आएको बिद्यार्थी नेता भएकोले मकवानपुर मात्रै नभइ यो देशका ७५३ वटै स्थानिय तहमा एक पालिला एक माध्यमिक तहको करिव २ सय बिद्यार्थी अटाउने छात्रावासको सुनुश्चितता गर्नेछु ।’

युवा उम्मेदवार बर्तौलाले आफुलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताउनु भयो । आफू समग्र युवा भावनाहरुको उम्मेदवार भएको बताउदै युवाले अवअसर पाउँदा गर्दो रहेछ भनेर जनताले महसुस गर्ने गरि काम गर्ने बताउनुभयो ।

आफ्नो प्रतिस्पर्धा माओवादी र काँग्रेस संग नभएको बताउदै उहाले आफ्नो प्रतिस्पर्धा २ हजार भोट भएको बिरोध खतिवडा संग भएको बताउनु भयो । प्रतिनिधिसभामा उम्मेदवार नउठाएकोमा काँंग्रेस माओबादिलाई धन्यवाद दिंदै आफुले जिते पछि पनि दलिए मानसिकता त्यागेर सबै दलका नेता कार्यकर्ताको साझा भएर काम गर्नेबताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर– २ को (क) का उम्मेदवार बिष्णु ढकालले आफुले जितेर उत्तरी मकवानपुरको समृद्धिको लागि काम गर्ने बताउनु भयो । उहाँले यहाँको कृषी, पर्यटन, रोजगारी सिर्जना लगायतकोक्षेत्रमा योजना बनाएर काम गर्ने बताउनु भयो

प्रतिक्रिया