प्रेम गीत–३ : नेपालभित्र लाइफ टाइम ग्रस कलेक्सन कति ?

पालिका डायरी
७ कार्तिक २०७९
प्रेम गीत–३ : नेपालभित्र लाइफ टाइम ग्रस कलेक्सन कति ?

नेपाली फिल्म ‘प्रेम गीत–३’ले नेपालमा १५ करोड रुपैयाँ बढी ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले फिल्मले नेपालमा १५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी दिए ।

हिन्दी र नेपाली दुवै संस्करणबाट फिल्मले नेपालमा उक्त कमाई गरेको हो । फिल्मले भारत र अन्य देशबाट नेपालबाट भन्दा ठूलो परिणाममा कलेक्सन गरेको छ । नेपालबाहेकका देशबाट फिल्मले २२ करोड ५० लाख ग्रस कलेक्सन गरेको हो । ‘फिल्मले विश्वव्यापी रूपमा ३९ करोड रुपैयाँ कमाई गरेको छ’ निर्माता एवं निर्देशक सेनले भने ।

फिल्म पाकिस्तानमा नोभेम्बर ४ बाट प्रदर्शनमा आउँदैछ । पाकिस्तानको कलेक्सन र ओटीटीको कलेक्सन आइसकेपछि ‘लाइफ टाइम कलेक्सन’ आउने सेनले बताए । ‘प्रेम गीत–३’ असोज ७ गतेदेखि नेपाल र भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको थियो ।

हिन्दी भाषामा डबिङ भएर भारतको थिएटरमा रिलिज हुने यो नै पहिलो नेपाली फिल्म हो । सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनील थापालगायतको अभिनय छ । फिल्मले आइतवार बालगृह महासंघमा पुगेर सफलताको खुशी साटेको छ ।

प्रतिक्रिया
premgeet_3_VnURT8JGFs