मकवानपुर समृद्ध बनाउन एमालेको जित अनिवार्य : बिष्ट

हेटौँडा / नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ का उम्मेद्वार कमल विष्टले एमालेले जितेको अवस्थामा मात्र मकवानपुरको विकास संभव हुने बताएका छन् ।
बागमती गाउँपालिकामा भएको चुनावी सभामा बोल्दै उम्मेद्वार बिष्टले एमाले उम्मेद्वारहरु मात्र जनताको दुखसुखबारे जानकार रहेको बताउँदै एमाले बाहेकका उम्मेद्वारहरुले जिते मकवानपुरको विकास धेरै पछि पर्ने दाबी गरे ।
मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ मा यस अघि विजयी भएका उम्मेद्वारले सिन्को नभाचेको बताउँदै विष्टले यस क्षेत्रको विकासको लागि एमालेलाई मत दिन उनले अनुरोध समेत गरे । एमालेसँग विकासको अजेण्डाहरु रहेको भन्दै यहाँ रहेको सुकुम्वासी समस्या देखि नदि कटान, तटबन्धन, सडक तथा विद्युतिकरण लगाएतका ठुला समस्याहरुको समाधानको लागि एमालेको जित अनिवार्य रहेको उनले दाबी गरे ।
प्रतिक्रिया