मकवानपुरका यौनिक लैंगिक तथा अल्पसंख्यक सदस्यलाई राहत वितरण

पालिका डायरी
५ कार्तिक २०७९, १२:०२
मकवानपुरका यौनिक लैंगिक तथा अल्पसंख्यक सदस्यलाई राहत वितरण

हेटौंडा / मकवानपुरमा रहेका यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायमा आवद्ध मानिसहरुलाई राहत वितरण गरिएको छ ।

शुक्रबार ९३ जनालाई उक्त राहत वितरण गरिएको फ्रेण्ड्स हेटौंडाको कार्यक्रम संयोजक किरण थापाले बताए । सेफ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोग तथा निल हिरा समाजको संयोजनमा खाद्यान्न राहत वितरण गरिएको हो ।

चाडपर्वको समयमा जिल्लामा रहेका बिपन्न र बेरोजगारी यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायका नागरिकहरुलाई रासन सामाग्री वितरण गरिएको हो । कार्यक्रममा व्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ, सिम्रन सेरचन लगाएतको उपस्थिती रहेको थियो । सानो सहयोगले चाडपर्व मनाउन थोरै भएपनि राहत हुने भन्दै सेफ द चिल्ड्रेन, ग्लोबल फण्ड तथा निल हिरा समाज प्रति आभार व्यक्त गर्न चाहेको फ्रेण्ड्स हेटौंडाको संयोजक थापाले बताइन् ।

 

प्रतिक्रिया