बीस बर्षे कार्यकालमा गरेको कुनै पाँच वटा काम भन्न खतिवडालाई महेशको चुनौती

पालिका डायरी
१ कार्तिक २०७९
बीस बर्षे कार्यकालमा गरेको कुनै पाँच वटा काम भन्न खतिवडालाई महेशको चुनौती

राम कुमार दानी

हेटौंडा  /   नेकपा एमाले भीमफेदी गाउँपालिका निर्वाचन परिचालन कमिटीको पहिलो पुर्ण बैठक आज भीमफेदी मा सम्पन्न भएको छ । मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावलाई सफल बनाउने अठोटका साथ नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव तथा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ का उमेदवार महेश कुमार बर्तौलाको बिशेष आतिथ्यततामा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश कमिटीको सदस्यहरु भगवती पुडासैनी, ठाकुराम खड्का, मेम्बर लो, अशोक कुमार ठकुरी, जिल्ला कमिटी सदस्यहरु पार्वती राना, जुना दाहाल, चेतकुमारी पुडासैनी, सरिता परियार, जहार सिङ्ग लामा लागाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो

मकवानपुर संघीय क्षेत्र २ मा गठबन्धनका सबै उम्मेदवार टुरिष्ट ः बर्तौला
कार्यक्रममा आफ्नो सान्दर्भिक मन्तव्य राख्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा एमाले मंसिर ४ को आम निर्वाचनको लागि सामेल भैसकेको कुरा प्रष्ट पारे । उनले राष्ट्रवादी शक्ति नेकपा एमालेले यो देशको नेतृत्व गर्न सकेन भने देश गम्भीर दुर्घटनामा जाने बताए । ऐतिहासिक महत्वको निर्वाचन भएकोले यो देशको स्वाधीनता र देशको भविष्यको लागि नेकपा एमाले निर्वाचित हुन जरुरी छ भन्दै सुर्य चिन्हमा मत हाल्न आग्रह गरे ।

पूर्व–पश्चिम रेल यात्रा गर्न केपी ओलीको खाचो छ ः केन्द्रिय सदस्य राना


कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हिजो हामीले गरेको राम्रो काम लिएर जनताको माझ जान नेता तथा कार्यकर्तालाई आग्रह गरे रानाले जनताले बुझ्ने भाषामा हाम्रो घोषणा पत्र्र तयार भैरहेकोले नेकपा एमाले जनताको पार्टी भएको प्रष्ट पारे ।

जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले मात्र गर्न सक्ने भएकोले सुर्यमा भोट हाली माथी देखि तलसम्म नेकपा एमालेको सरकार बनाउन कार्यकर्तालाइ आग्रह गरे । उनले रेलको झ्यालमा बसेर यात्र गर्ने अबसर हाम्रै नेकपा एमालेको सरकारले गरेकोले अब पूर्व–पश्चिम रेल यात्रा गर्न पनि केपि ओलीको खाँचो भएकोले सूर्यमा भोट हाल्न र हाल्न लगाउन आग्रह गरे ।

उनले नेपाली जनताको सामाजिक न्याय सहितको हक अधिकार कायम गर्न नेकपा एमाले मात्र जिम्मेवार भएको प्रष्ट पारे । सबैलाई आर्थिक उन्नती र रोजगारी सुनिश्चितता गर्न र इन्द्रेणी जस्तो समाज निर्माण गर्न पनि सूर्यमा मत हाल्न आग्रह गरे । उनले समान हक अधिकार हरेक जाती जनजातिको अधिकार राज्यको नितिको आधारमा कुनैपनी भेदभाब नगरी समता मुलक सम्बोधंन गर्न नेकपा एमाले निर्वाचनमा गएको हो र नेकपा एमाले चुनाब जित्न पर्छ उनले भने । कार्यक्रममा भीमफेदी गाउँ पालिकाको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भीमफेदी गाउँपालिकाको उपसभापति तथा २०७४ को भीमफेदी गाउँपालिका वडा नम्बर छ को नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदको उमेदवार रुद्र लामा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रबेश गरेका छन् ।

कार्यक्रम नेकपा एमालेको भीमफेदि गाउँपालिका कमिटिको अध्यक्ष सानू थापाको सभा अध्यक्षतामा भएको थियो भने पालिका कमिटीको सचीव शिव रुम्बाले संचालन गरेका थिए ।

प्रतिक्रिया