हेटौंडाका दुई युवक पक्राउ

पालिका डायरी
२८ आश्विन २०७९
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

हेटौंडा  / मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटांैडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दयी बस्ने ३२ वर्षीय अनिल श्रेष्ठ र २५ वर्षीय अरमान अंसारी रहेका छन् ।

उनीहरुलाई लागूऔषध कोडिवेल १२ बोलसहित पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, बिहीबार साँझ २०ः१५ बजेको समयमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प ३४९ नम्वरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको फिल्टर राख्ने स्थानमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया
pakrau-1-2