थाहानगरमा एमालेको निर्वाचन परिचालन कार्यालय उद्घाटन्

पालिका डायरी
२८ आश्विन २०७९
थाहानगरमा एमालेको निर्वाचन परिचालन कार्यालय उद्घाटन्

हेटौंडा / नेकपा एमाले क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन् गरिएको छ । थाहानगर स्थित थानाबजारमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले कार्यालय उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका एमालेका सल्लाहकार समितिका सदस्य पौडेलले यो निर्वाचान भनेको जिवन मरणको सवाल रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो–‘यो राष्ट्रालाई बचाउनेकी डुब्न दिने हो यसमा सबैले ध्यान दिन जरुरी छ । हामीले राष्ट्रलाई बचाउनेकी खरानी हुन दिने हो यसमा सबैले ध्यान दिन जरुरी रहेको छ ।’

यो निर्वाचनमा कसैलाई पनि हार्ने छुट नभएको पौडेलले बताउनुभयो । कुनैपनि हालतमा निर्वाचन चित्नैपर्ने बताउनुभयो । व्यवस्थित ढंगले निर्वाचानमा जानका लागि यो कार्यालय खोलीएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधीसभाका क्षेत्र नम्बर–२ का उम्मेदवार संघीय निर्वाचन क्षेत्रको मंसिर ४ गतेको चुनावपछी आम नागरिकको मुहारमा चमल ल्याउने काम गर्ने बताउनु भएको छ । पहिले स्थानीय तहको चुनावमा पनि पहिले काम गछौं भनेर प्रतिवद्धता गरेपनि चुनाब हारेपछी काम गर्न समस्या भएपछी काम गर्न नसकेकाले त्यो कामको जिम्मा अब आफुहरुले निले बताउनुभयो ।

उम्मेदवार बतौंलाले भन्नुभयो–‘ आम नागरिकका लाग काम गरेर देखाउने उहाँले बताउनुभयो । स्थानीय तहको चुनावमा पनि गरेका प्रतिवद्धाताहरु पुरा गर्नका लागि आफु लाग्ने बताउनुभयो । हामी चुनाब जित्छौ र काम गर्ने छौं । सबै प्रतिवद्धाताहरु पुरा गरेरै छोड्ने छौं ।’ प्रतिनिधीसभाका क्षेत्र नम्बर–२ का उम्मेदवार संघीय निर्वाचन क्षेत्रको सबै भन्दा धेरै मतदाता भएको क्षेत्र थाहा नगरपालिका रहेको बताउनु भएको छ ।

नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक अध्यक्षता बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु अनन्त पौडेल, मकवानपुर क्षेत्र नबराज तिमल्सिना, बरिना बल, प्रदेश र जिल्ला कमिटीका नेताहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया