पटका भित्रन नदिन कुकुर सहितको प्रहरी चेकिङ, हेटौंडाको रातोमाटेबाट दशै अघिनै पटका भित्रियो

पालिका डायरी
२८ आश्विन २०७९
पटका भित्रन नदिन कुकुर सहितको प्रहरी चेकिङ, हेटौंडाको रातोमाटेबाट दशै अघिनै पटका भित्रियो

हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार पटका भित्राउन नदिनका लागि कुुकुर सहितको चेकिङ पनि सुरु गरिएको छ । बिशेषगरी पटका भित्रयाउन नदिनका लागि यो चेकिङ गर्न प्रहरीले दशै सकिएको केही दिनपछी सुरु गरेको हो । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट व्यापारीहरुले दशैअघिनै तिहारलाई चाहिने पटका भित्राइसकेको एक प्रहरीले बताए ।

प्रहरी भन्दा एक कदम अगाडी व्यापारीहरु भएकाले पूर्व पस्चिम राजमार्ग अन्तरगत रातोमाटे नाकाबाट पटका भित्राएर काठमाण्डौं, चितवन लगायतका शहरमा खुद्रापसललाई बिक्री वितरण गरिसकेका छन् । तिहार नजिकिएपछी पटका ल्याउनका लागि प्रहरी अवरोध हुने भएकाले तिज लगतै व्यापारीहरुले पटका ल्याउने गरेका छन् ।

बागमती प्रदेश प्रहरी कर्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा र कमलामाई नगरपालिका १४ चन्दनपुरमा कुकुर सहितको प्रहरी चेकिङ गरिएको बताउनुभयो ।

विशेषगरि शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित ब्यक्तिको चेकजाँच गरेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न राजमार्ग रहेका नाकाहरुमा कुकुर सहितको प्रहरी चेकिङ गर्दै आईरहेको छ । बिजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकीङ निकट भविष्यमा नै काभ्रे र धादिङ जिल्लाका बिभिन्न स्थानहरुमा गरिने भएको छ ।

प्रतिक्रिया