मकवानपुरका दलहरु आन्तरिक छलफलसंगै चुनावी प्रचारमा

पालिका डायरी
२६ आश्विन २०७९, १३:४१
मकवानपुरका दलहरु आन्तरिक छलफलसंगै चुनावी प्रचारमा

हेटौंडा / मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि मकवानपुरका ठुला र साना राजनीतिक दलहरु आन्तरिक छलफलसंगै चुनावी प्रचार प्रसारमा लागेका छन् । बिशेषगरी मकवानपुरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ गठवन्धनको नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी चुनावी प्रचार प्रसारमा लागेका हुन् ।

असोज २३ गते उम्मेदवारी दर्तागरिसकेपछी बिभीन्न दलका उम्मेदवार संगै सिङ्गो पार्टीनै चुनावी प्रचार प्रसारको अभियानमा जुटेका हुन् । मकवानपुरका दश वटा स्थानीय तहका एक सय २ वटै वडाहरुमा चुनावी प्रचार प्रसारको अभियानलाई तिब्रता दिइएको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रतिनिधीसभा क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले बताउनुभयो । चुनावका लागि सबै पार्टीका नेता, कार्यकर्ता तथा संगठित सदस्यहरु परिचालन भएको उहाँले वताउनुभयो ।

यसैगरी नेपाली कांग्रेसले पनि गठवन्धनका उम्मेदवारलाई लिएर चुनावी प्रचार प्रसारको काममा लागिएको जनाएको छ । नेकपा माओबादी केन्द्र, एकिकृत समाजवादी लगायतका दल र स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी प्रचार प्रसारको काममा तिब्रताका साथ लागिपरेको वताएका छन् । चुनावी प्रचारको अभियान अनुसार आम मतदाताहरुको घरदैलोमा पुगेर र सामाजिक सञ्चाल मार्mत यो अभियानलाई तिब्रता दिइएको मकवानपुर क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया