हेटौंडामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा / मकवानपुरको हेटौंडा–११ थानाभर्याङमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा–३ बसामाडीका ३८ वर्षीय शम्सेर सिंह नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नंबरको कारले नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका नेगीको उपचारको क्रममा गएराती पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार ,कार चालक नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया