सूर्य चिन्हमा निर्वाचन लड्न पाउनु सौभाग्य–थापा

पालिका डायरी
२४ आश्विन २०७९, १८:३९
एमालेको जनबर्गिय सङ्गठनसङ्ग अन्तरक्रिया, सूर्य चिन्हमा निर्वाचन लड्न पाउनु सौभाग्य–थापा

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले जनबर्गीय सङ्गठनसङ्ग अन्तरक्रिया गरेको छ । कार्यक्रममा जनबर्गीय सङ्गठनका केन्द्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु जिल्लाका अध्यक्ष र सचीवहरु सहभागी रहेका थिए ।

सत्ता गठबन्धनसङ्ग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले निर्वाचनलाई स्वच्छ बनाउन एमाले चनाखो रहनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज जुनेली श्रेष्ठले कार्यक्रम प्राप्त गरेका सल्लाह सुझाव अनुसार पार्टीको रणनीति हुने बताउनुभयो । निर्वाचनमा सबैले आ आफ्नो भुमिकालाई कायम राख्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का उमेदवार महेश बर्तौलाले निर्वाचनमा एक्लै भन्दा पनि पार्टीका सबै तह सक्रिय हुनुपर्ने बताउनुभयो । यो निर्वाचनमा गठबन्धन परास्त हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले सूर्य चिन्हमा निर्वाचन लड्न पाउनु सौभाग्य भएको बताउनुभयो । एमाले सङ्ग बिगतमा पनि सहकार्य भएको स्मरण गर्दै आगामी दिनमा पनि जारी रहने उहाँको भनाई थियो ।

जिल्ला अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १ ख का उमेदवार एकालाल श्रेष्ठले बिजयी प्राप्त गर्ने तयारी गरेर अगाडि बढेको बताउनुभयो । सबै तहले आ आफ्नो जिम्मेवारी महसुस गरेर सबै तहमा खटिन निर्देशन दिनुभयो । निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले जनबर्गीय सङ्गठनबाट आएका सुझावका आधारमा जनता माझ जाने बताउनुभयो ।

प्रतिक्रिया