मकवानपुरका नेताहरुको केपी ओलीसंग भेट, मंसिर ४ गतेको चुनावी विषयमा छलफल

पालिका डायरी
१५ आश्विन २०७९, १४:१३
मकवानपुरका नेताहरुको केपी ओलीसंग भेट, मंसिर ४ गतेको चुनावी विषयमा छलफल

हेटौंडा / नेपाल कम्युनिष्ट पाटी (एमाले) का मकवानपुर जिल्लाका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली संग भेट गरेका छन् । भेटका क्रममा मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनाबमा एमालेलाई जिताउने विषयमा छलफल भएको छ ।

अध्यक्ष ओलीसंग एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल लगायतका नेतहरुले अध्यक्ष ओलीसंग भेट गर्नु भएको हो ।

भेटका क्रममा मकवानपुरका दुइ वटै प्रतिनिधिसभा र चार वटै प्रदेशसभाको चुनाबमा एमालेलाई जिताउन सक्ने रणनीतिका विषयमा अध्यक्षलाई जानकारी गराएको मकवानपुर अध्यक्ष श्रेष्ठले बताउनुभयो । मंसिर ४ गतेको चुनाबमा पाँच दलिय गठवन्धनलाई हराउनका लागि एमाले एक्लै सक्षम रहेको पनि अध्यक्ष ओलीलाई जानकारी गराइएको छ ।

एमाले अध्यक्षसंग मंसिरमा हुने चुनाबमा मकवानपुरमा भएको चुनावको तयारीका विषय र एक ढिक्का भएर चुनाबी मैदानमा उत्रने विषयमा छलफल भएको सचिब सिग्देलले बताउनुभयो । एमाले मकवानपुरका नेताहरुले राम्रा, सक्षम र जित्न सक्ने उम्मेदवारलाई टिकट दिनका लागि पनि केन्द्रीय अध्यक्षसंग आग्रह गरेका छन्

प्रतिक्रिया