एमाले मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान

पालिका डायरी
१३ आश्विन २०७९
एमाले मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको आयोजना आउँदै गरेको चार्ड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले आगुन्तुक अतिथी र सहभागि सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले नेता अनन्त पौडेल, एमालेका बागमती प्रदेशका उपसचिब महेश कुमार बर्तौला, एमाले नेताहरु रामचन्द्र राइ, राप्रपा नेपालका अध्यक्ष कलम थापा, अर्का नेता राजाराम बतौंला, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, सचिब भिमसेन महत लगायतका बिभीन्न राजनीतिक दलका नेता, स्थानीय बिभीन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । एमाले पार्टी कार्यालयमा गरिएको कार्यक्रममा खचखच भरिएर बाहिर सडकमा समेत आगन्तुकहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया