कर्रा खोलामा ३ जना बालक मृत  अवस्थामा फेला

पालिका डायरी
७ आश्विन २०७९, २०:१५

हेटौंडा । मकवानपुरको हेटौंडा-५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मृत  अवस्थामा फेला परेका छन् ।

शुक्रबार साँडे ५ बजे पौडी खेल्न गएका ३ जना बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनले मृतकको परिवार आएपछि शवको सनाखत हुने बताए । उनका अनुसार पौडी खेल्ने क्रममा मृत  हुनेहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

प्रतिक्रिया