हेटौंडा ११ नम्बर वडाको आयोजनामा खसी कप फुटबल प्रतियोगिता हुने

पालिका डायरी
६ आश्विन २०७९, १३:०९

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको आयोजनामा खसी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बडा दशैंको अवसरमा हुन लागेको फुटबल प्रतियोगितामा वडाका २३ वटा टोल विकास संस्थाका १० खेलाडी टिमले सहभागिता जनाउने ११ नम्बर वडाको खेलकुद विकास समिति संयोजक प्रभाकर पुडासैनीले जानकारी दिए । पुडासैनीका अनुसार यहि असोज ८ गते शनिबार देखि १४ गते शुक्रबार सम्म हुने फुटबल प्रतियोगितामा पहिलो र दास्रो हुने टिमले खसी उपहार पाउनेछन् । त्यस्तै तेस्रो हुने टिमलाई भाले उपहार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिमा सगभागी हुने टिमहरुलाई निःशुल्क सहभागी पाउने व्यवस्था गरिएको बताइएको छ । वडा फुटबल प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार बरावरको आकंलन गरिएको समिति सदस्य पुडासैनीले बताए । प्रतियोगिताको सबै खर्च वडा कार्यालयकै रहने ११ नम्बर वडाध्यक्ष जुना दाहालले बताइन् ।

प्रतिक्रिया