उपमहानगरपालीका द्धारा हेटौंडा अस्पताललाई थप एक हजार थान डेंगु परिक्षण गर्ने किट सहयोग

पालिका डायरी
३ आश्विन २०७९
उपमहानगरपालीका द्धारा हेटौंडा अस्पताललाई थप एक हजार थान डेंगु परिक्षण गर्ने किट सहयोग

हेटौंडा / उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई थप एक हजार थान डेंगु परिक्षण गर्ने किट सहयोग गरेको छ ।

सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका हुन् । यस अघि पनि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौंडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामाग्री तथा डेंगु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताए ।

बानियाँले हेटौंडाको सानका रुपमा रहेको हेटौंडा अस्पतालमा पछिल्लो समय मकवानपुरवासीले उपचारमा सहज पाएको र सानातिना समस्याहरु बिस्तारै समाधान हुदै आएको बताए । सबैको सहयोगमा अस्पताल सुधार हुने बताउदै अस्पतालमा आम नागरीकले सेवाबाट बन्चित हुनु नपर्ने बताए  र थप किट उपलब्ध गराउन पनि उपमहानगपालिका तयार रहेकोे बताए । किट बुझदै अस्पतालका मेसु डा. सापकोटाले हेटौंडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेंगुका बिरामी परिक्षणका लागी आउने गरेको बताउदै थप किटका लागी अस्पतालले पनि खरिद्ध गर्न तयारी रहेको बताए । सापकोटाले हेटौडा अस्पताल पहिलेको भन्दा धेरै ब्यबस्थीत हुदै आएको बताउदै अझ राम्रो बनाउन आफुहरु लागीपरेको बताए ।

किट हस्तानतरणमा अस्पताल समिति सदस्य हिरा लामा,उपमहानगरपालीकाका बरिष्ठ जनस्वास्थ्य निरिक्षक,उपमेयर बानियाँका सचिबालय सदस्य बिजय पुडासैनी,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया