डा. सन्दुक रुईत सहित हेटौंडा सामुदायिक आँखा अस्पतालले गर्‍याे ३ सय ६९ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया

पालिका डायरी
२ आश्विन २०७९
hetauda eye hospital

हेटौंडा / तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत सहित हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले ३ सय ६९ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ ।

तेज कोहली एण्ड रुईत फाउण्डेशनको सहयोगमा हेटांैडा सामुदायिक आँखा अस्पतालले निशुल्क आँखा जाँच एवमं मोतिविन्दुको शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । मकवानपुरको भिमफेदी, मनहरी,राईगाउँ बाराको फत्तेपुर, निजगढ, कोहल्वि, पर्साको कटैया, रौतहटको गजुरा, सिन्धुलीको पिपलमाढी र चनेश्वरमा निशुल्क शिविर आयोजना गरी २ हजार आठ सय २२ जना विरामीहरुको आँखा जाँच गर्दा ४ सय ९४ जना बिरामीहरुमा मोतिविन्दु पाईएको थियो ।

तेज कोहली एण्ड रुईत फाउण्डेशनबाट यस वर्ष हेटौंडा सामुदायिक आँखा अस्पताललाई ५ सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्न खर्च सहयोग प्राप्त भएको हेटांैडा सामुदायिक आँखा अस्पतालले जानकारी दिएको छ ।

 

प्रतिक्रिया