हेटौंडाको बालजागृतिका बिद्यार्थीद्वारा बिज्ञान सामाग्री प्रदर्शनी

पालिका डायरी
३१ भाद्र २०७९, १९:१७

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी बोडिङ स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले आज बिज्ञान सामाग्री प्रदर्शनी गरेका छन् । यस बिद्यालयमा कक्षा २ देखि १० कक्षा सम्मका बिद्यार्थीहरुले आफैले तयार पारेको विज्ञान सामाग्री आज अभिभावक, शिक्षक, अतिथी सबैलाई देखाउन प्रदर्शनीमा राखेका हुन् । राष्ट्रिय बिज्ञान दिवसका अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो ।

बिद्यार्थीलाई समुहमा बसेका काम गर्ने क्षमताको विकास गर्न, खोज अनुसंधान गर्न, अभिबृद्धी कलाको विकास गर्ने लगायतका काममा यस कार्यक्रमले सहयोग पुग्ने बिद्यालयका प्रधानध्यापक विनोद सुवेदीले बताउनुभयो । बिद्यालयको हल, कक्षा कोठा लगायतका स्थानमा गरेर ८० वटा सामाग्री प्रदर्शनीमा राखिएको बिद्यालयका सह–प्रधानध्यापक अमुल श्रेष्ठले बताउनुभयो ।

हरेक बिद्यार्थीले धेरै मेहनतका साथ सामाग्रीहरु तयार पारेर आज अभिभाबक, शिक्षकहरुलाई देखाउन सफल भएको शिक्षकहरु बताउँछन् ।
बिद्यार्थीहरुले स्मार्ट सिटी, हाइड्रोलिक, स्मार्ट डस्विन, फोक्सोको मोडल लगायतका विषयमा सामाग्री तयार पारेर अभिभावकलाई जानकारी गराएका थिए । कार्यक्रममा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । आफुले तयार पारेका सामाग्रीहरुको बारेमा अभिभाबकहरुलाई प्रयोगात्मक तरिकाले देखाउँदै अग्रेजी र नेपाली भाषामा जानकारी गराएका थिए ।

प्रतिक्रिया