दशैंको टिकाको शुभ साइत असोज १९ गते विहान ११ बजेर ५१ मिनेटमा

पालिका डायरी
३१ भाद्र २०७९, १९:०२

हेटौंडा / २०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।

साथै घटस्थापनाको शुभ साइत भने असोज १० गते विहान १० बजेर २३ मिनेटमा रहेको छ ।

प्रतिक्रिया