हेटौंडाको पर्यटन विकास आयोजनाद्वारा २४ जना कर्मचारी माग

पालिका डायरी
३१ भाद्र २०७९

हेटौंडा / बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना हेटौंडाले २४ जना प्राविधिक कर्मचारी माग गरेको छ । पत्रिकामा सूचना प्रकासन गरेर आयोजनाले इन्जिनियर र सब–इन्जिनियर माग गरेको हो ।

पर्यटनका क्षेत्रमा काम गर्नेगरी आयोजनाले अधिकृत स्तर सातौं तहका सिभिल इन्जिनियर ५ जना र पाँचौ तहका सिभिल सब–इन्जिनियर १९ जना माग गरिएको हो । यही भदौं २९ गते सूचना प्रकासन गरेर कर्मचारी माग गरिएको आयोजनाले जनाएको छ ।

पर्यटन विकासका क्षेत्रमा काम गर्नका लागि सहज होस भन्ने उदेस्यले कर्मचारी माग गरिएको हो । आयोजनाबाट सञ्चालन हुने काम गर्नका लागि सहज होस भनेरनै चालु आर्थिक वर्षका लागि कर्मचारी माग गरिएको हो । सूचना प्रकासित मितिले ७ दिन भित्र आवेदन दिनका लागि आयोजनाले आग्रह गरेको छ ।

प्रतिक्रिया