मकवानपुरमा एकै दिन १ सय २४ जनामा डेंगु
फाईल फोटो
हेटौंडा / मकवानपुरमा डेंगु संक्रमणको संख्यामा बृदि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घन्टामा १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
बुधबार थपिएका १ सय २४ संगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १३ सय ३१ पुगेको छ । पछिल्लो दिनहरुमा तीब्र रुपमा डेंगु संक्रमित बिरामीहरु बढेका छन् ।
प्रतिक्रिया