बाल संरक्षणका सवाल : चुनौती र समाधान सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यकम चितवनमा सुरु

पालिका डायरी
१८ भाद्र २०७९, १०:२४

राज कुमार के.सी.

हेटौंडा / बाल संरक्षणका सवाल : चुनौती र समाधान सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यकम चितवनको सौराहामा सुरु भएको छ ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वर्ल्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन डाईरेक्टर अनुप राणा, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका बालश्रम महाशाखा प्रमुख बसन्त कुमार, बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास महाशाखा प्रमुख गोपाल कडेल लगायतको आतिथ्यता रहेको छ ।

बाल बिकास समाज काठमाण्डौको आयोजना, बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसंगको समन्वय, राष्ट्रिय बाल संरक्षण संजाल संगको सहकार्य र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रममा भएको हो ।

कार्यक्रममा बाल अधिकार, बालबालिकाको संरक्षणमा भएका प्रयास, बाल अधिकार संरक्षणका लागि स्थानीय तहको जिम्मेवारी लगायतको बिषयमा छलफल हुने आयोजकले बताएको छ ।

कार्यक्रममा बागमती प्रदेश अन्तरगत मकवानपुर, धादिङ, चितवन, सिन्धुली जिल्लाका २० स्थानीय तहका उपप्रमुख तथा सामाजिक बिकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बाल बिकास समाजका अध्यक्ष सुबाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बालबिकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुबेदीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया