बागमती प्रदेशमा माओवादीले ताेक्याे चुनाबी कमाण्डर मकवानपुरमा ७ जना कमान्डर

पालिका डायरी
१८ भाद्र २०७९

हेटौंडा / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि माओवादी केन्द्र बागमती प्रदेशले पार्टीका नेताहरूकाे जिम्मेवारी तोकेको छ।

आइतबार काठमाण्डौमा सम्पन्न माओवादी केन्द्र, बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले प्रदेशको १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर ताेकेकाे अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।

बैठकले मकवानपुरको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा प्रल्हाद लामिछाने र बिजय गौतमलाई निर्वाचन कमाण्डर तोकेको छ ।
त्यस्तै प्रदेश निर्वाचन क्षेत्र १(क) मा प्रमिला पुलामी १ (ख) मा मानकुमारी नेपाली लाई कमाण्डर तोकेको छ ।

साथै संघीय निर्वाचन क्षेत्र नम्बर २ मा कुमारी मोक्तानलाई कमाण्डर तोकेको छ । भने प्रदेश निर्वाचन क्षेत्र २(क) मा सन्तोष बिष्ट २ (ख) मा रामनारायण बिडारीलाई कमाण्डर तोकेको छ ।

प्रतिक्रिया