एमालेले गर्याे प्रदेशसभा सदस्य सिफारिस ४ सिटकाे लागि २३ जना

पालिका डायरी
१७ भाद्र २०७९

हेटौंडा / आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनकाे लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रकाे लागि सिफारिस गरिएकाे छ ।

मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र १ नं. क्षेत्रकाे प्रदेशसभा क बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकाेटा, दिपक न्याैपाने , सीता बिष्ट प्रदेशसभा ख बाट रघुनाथ खुलाल, श्रीधर पाेखरेल, एकलाल श्रेष्ठ, भाेजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चाैलागाई, अारती पाठक, कुमार केसी प्रतिनिधिसभा २ नं. क्षेत्रकाे प्रदेशसभा क बाट बलराम बल, विष्णु ढकाल र चमेली बल प्रदेशसभा ख बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा राेक्का सिफारिस गरिएकाे छ ।

एमाले गर्याे प्रदेशसभा सदस्य सिफारिस ४ सिटकाे लागि २२ जनाकाे सिफारिस

चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीकाे बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीकाे परिपत्र अनुसार उम्मेद्वारी सिफारिस गरिएकाे नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेकाे सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने जिल्ला सचिव सिग्देलले बताउनु भयाे ।

आज एकैदिन बसेकाे चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीकाे छुट्टाछुट्टै बसेकाे बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी उपसचिव महेश बर्ताैला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूकाे विशेष उपस्थिति रहेकाे थियाे ।

एमाले गर्याे प्रदेशसभा सदस्य सिफारिस ४ सिटकाे लागि २२ जनाकाे सिफारिस

प्रतिक्रिया