प्रेस युनियनलाई १० लाख दिने हेटौँडा उपमहानगरको निर्णय विरुद्ध राप्रपाको प्रर्दशन

पालिका डायरी
१७ भाद्र २०७९, १३:५८
प्रेस युनियनलाई १० लाख दिने हेटौँडा उपमहानगरको निर्णय विरुद्ध राप्रपाको प्रर्दशन

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने निर्णय गरेको बिरोधमा विरोध प्रर्दशन गरेको छ ।

राप्रपाले शुक्रबार र्याली सहित उपमहानगरपालिकाको हेटौँडा–२ मा रहेको कार्यालय परिसरमा कोणसभाको आयोजना गरि जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले एउटा पार्टीलाई रकम दिनु भ्रष्ट्राचार भएको भन्दै बिरोध गरेको हो ।

जनताको करबाट विकस निर्माणका खर्च गर्नुपर्नेमा कुनै पार्टीको भातृ संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफुहरुले बिरोध कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकालाई उक्त निर्णय सञ्चाउनको लागि ध्यानाकर्षण गराएको राप्रपा मकवानपुरका जिल्ला सदस्य एवम् युवा नेता सम्राट सिंहले बताए ।

हेटौँडा उपमहानगरपालिकाको गत भदौ १५ गते सम्पन्न कार्यपालिका बैठकले प्रेस युनियनलाई श्रावण ६ र ७ गते हेटौँडामा भएको ९ औँ राष्ट्रिय अधिवेशनमा भएको खर्च मध्ये १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको थियो । कोणसभामा राप्रपा मकवानपुरका नेताहरु सागर थापा,लक्ष्मण सापकोटा रघुनाथ खराल, ज्ञानु ढुंगेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

खबर ब्रेक बाट

प्रतिक्रिया